पछिल्लो समय कर्मचारी समायोजनमा सरकार अल्झिएको, लालबाबुले केहि काम नै गरेन भनेर गुनासो आइरहेका छन् तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु मन्त्री पण्डित हल्लाखल्ला नगरी काम गरिरहेका छन् ।
कर्मचारी संगठनकै कारण काम गर्न अफ्ठेरो परेको उदाहरण प्रशस्तै छन् । पण्डितले मिडियामा समेत आजभोलि आफ्ना कुराहरु भन्न रुची राख्दैनन् । अहिले संविधान कार्यान्वयनको चरणमा संघीय मामिला र कर्मचारी सम्बन्धी महत्वपूर्ण काम उनकै छ । त्यसैले गुमनाम भएको जस्तो उनी आन्तरिक रुपमा काम गरिरहेका छन् ।
मन्त्री पण्डितले पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन गरिसक्ने बताएका छन् । संघीय निजामती ऐन निर्माण प्रक्रियामा अघि बढेको जानकारी दिँदै उनले कर्मचारी समायोजनको काम आगामी पुस मसान्तसम्म टुङ्िगने दावी गरे ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले अन्तरिम संगठन संरचनाबारेको जानकारी प्रदेश र स्थानीय तहमा पठाइसकेको भन्दै पण्डितले थप दरबन्दी सर्जना भएका ठाउँमा पनि कर्मचारी पठाउने काम चलिरहेको तर पूर्ण भइनसकेको बताए ।
मन्त्रालयका सह-सचिव रुद्रसिंह तामाङले मन्त्रालयलाई पुराना पदहरुको मिलानमा समस्या भएको बताए । ‘जमदार, सुवेदार, समाशास्त्रीजस्ता पद छ’, उनी भन्छन् ‘तिनलाई कहाँ पठाउने ? कुन तहमा लैजाने र के जिम्मेवारी दिने भन्ने नै समस्या छ ।’
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते