काठमाडौँ । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाँड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।
प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने उक्त मेला गत असार २१ गतेदेखि सुरु भएको हो ।
मेला अवधिभर हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।
बौद्ध धर्मावलम्बीको दशौँ महिनालाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणका निमित्त सन्देश प्रवाह गरेको विश्वासका साथ यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिने गरेको छन् ।
स्वयम्भूमा मेला भरेपछि त्यहाँ नजिक रहेका शोभा भगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा छ ।
करुणाका प्रतीकका रूपमा चिनिने मत्स्येन्द्रनाथको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास धर्मावलम्बीको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन, सडक बत्ती व्यवस्थापनलगायत कार्य गरेको छ ।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मेला अवधिभर बुद्ध जीवनी तथा बुद्ध उपदेशलाई कथाका रुपमा वाचन गरिएकाले पनि त्यसमा सहभागी हुन उल्लेख्य रुपमा भक्तजन आउने गरेको जानकारी दिए ।
थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट एक महिनाको अवधिमा करिब पाँच लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ ।
विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन् ।
सम्बन्धित खबर
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु