पोखरा, २० भदौ । पोखराको प्याराग्लाइडिङले एशियाडमा दुई दशकपछि रजत पदक मात्र जितेन, टीम गेममा पहिलो पदक समेत जित्न सफल भयो । प्याराग्लाइडिङले गत साता दिलाएको यही पदककै कारण दक्षिण एशियामा भारत पछि दोस्रो र प्रतियोगितामा सहभागी ४५ देशमा नेपाल ३३ औं स्थानमा रहन सफल बन्यो ।
व्यवसायिक हिसाबमा सुरु भएको यहाँको प्याराग्लाइडिङले पदक जितेपछि भने बल्ल सरोकारवाला निकायको ध्यान यस खेलमा खिचिएको छ । आगामी नोभम्वर पहिलो साता प्याराग्लाइडिङको वल्र्डकप पोखरामै गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशब कुमार विष्टले खुलासा गरे ।
नोभेम्वर १ देखि ५ गतेसम्म हुने प्याराग्लाइडिङ विश्वकपका लागि तयारी सुरु गरिने उनले बताए । खेलकुद पत्रकार मञ्चले पोखरामा बुधबार विहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरालाई प्याराग्लाइडिङ हव बनाइनुपर्नेमा जोड दिँदै संसारभरका प्याराग्लाइडिङ शौखिन पोखरामै आउने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।
पूर्वाधार र राज्यको राम्रो सहयोग नभएका अवस्थामा समेत प्याराग्लाईडिङका खेलाडीले एसियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनले बताए । सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख रुपैया विनियोजन समेत गरिएको सदस्य सचिव विष्टले जानकारी दिए ।
उनले आसन्न १३ औं दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ समेत थपिने र यो सहित सात खेल पोखरामा आयोजना हुने बताए । उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।
विष्टले नेपालमा हुने १३ औं साग खेलकूद प्रतियोगिता भौतिक संरचनाका कारण प्रभावित नहुने र तोकिएकै समयमा हुने समेत दाबी गरे । ‘हामीले यसका लागि सरकार संग यथासिघ्र प्रक्रिया थाल्न भनेका छौं ’ उनले भने – ‘राष्ट्रिय खेलकुद हामीले गर्ने हो, साग सरकारले नै गर्ने हो । अहिले भौतिक पूर्वाधार तयार गर्न साढे १ अर्ब तुरुन्त मागेका छौँ ।‘
सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माण लगायतमा दुई अर्ब भन्दा बढी लगानी भैसकेको र त्यसैलाई लक्षित गरी पोखरामा एक अर्व २९ करोड रुपैयाको लगानिमा सुविधा सम्पन्न रंगशाला निर्माणको प्रकृया अघि बढेको उनले उल्लेख गरे । उनले यसको टेन्डरका अन्तिम प्रक्रियाहरु केही दिनमा सकिने बित्तिकै ६ महिनामा काम सक्ने गरि कामको जिम्मेवारी दिने बताए । उनले भारतीय र चिनियाँ कम्पनीले नेपाली ठेकेदारसँग मिलेर टेण्डर हालेको र यसको प्राविधिक तथा वित्तिय पक्षबारे जानकारी लिईरहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा काठमाण्डौ खाल्डो बाहिरका पत्रकारहरु किन सहभागी नगराईने ? राजधानीका पत्रकारको सिण्डिकेट वा सरकार, राखेपलाई नै बाहिरका पत्रकार नचाहिने ? भन्ने प्रश्नमा विष्टले खर्च कटौतीका कारण कम पत्रकार लैजानुपरेको र अबदेखि पालैसँग समेट्दै जाने बताए ।
मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रञ्जन अधिकारी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो