तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो।
युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
‘भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो,’ उनले भने।
त्यसैगरी, घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो।
दुर्घटना लगतै उद्धार सुरु गरिएको थियो । त्यसमध्ये पनि बाँच्न सक्ने आशमा १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत २ खेप लगाएर उपचारका लागि काठमाडौं पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। दुर्घटनामा परेको बसमा ४३ जनै भारतीय रहेको खुलेको छ। उनीहरू पोखराबाट काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेको बस शनिबार मात्रै निकालिने डिएसपी थापाले बताए।‘अहिले अँध्यारो भएकाले निकाल्न सम्भव भएन। भोलिमात्रै निकालिने छ,’ उनले भने।
भारतीय पर्यटक सवार बस भैरहवा, पोखरा हुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएको थियो ।
घटनामा मृत्यु हुनेको विवरण
१. वर्ष ४५ का सुहास प्रभाकर राणे
२. वर्ष ४२ की सरला सुवास राणे
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे
४. वर्ष ६२ का तुक्सीराम तायडे
५. वर्ष ४५ की मंगला विलास राणे
६. वर्ष ६० का सुधाकर वकीराम जावके
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९. वर्ष ६० की भारती प्रकाश जावके
१०. वर्ष ५० को संदिप राजाराम सरोदे
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३. सुलभा पाण्डुरंग भारंवे
१४. मिनल गणेश भारंवे
१५. वर्ष ६ की परी गणेश भारंवे
१६. नीलिमा चन्द्रकान्त जावके
१७. वर्ष ४४ को पंकज भगवन भंगाके
१८. अनिता अविनाश पाटिल
१९. मुर्तीजा खान
२०. वर्ष २८ को अनुप सरोजे
२१. वर्ष ६० की सरला तुडसिराम ताछेडे
२२. वर्ष ६२ की सुल्क वारमे
२३. रुपाली हेमराज सरोजे
२४. गोकर्णी सन्दीप सरोदे
२५. वर्ष १६ की सदना सुहास राय
२६. सरोज मनोज भिरुक
२७. एकजनाको सनाखत हुन बाँकी
काठमाडौंमा उपचाररत घाइते
१. ६० वर्षीय सुनील झाण्डे
२. ४५ वर्षीया भारती पटेल
३. ३२ वर्षीय अविनाश पटेल
४. ४५ वर्षीया रेखा कोटी
५. ५५ वर्षीय न्यारेश्वर नोन्डे
६. ५८ वर्षीय आनन्द इक्ले
७. ६० वर्षीया आशा पाण्डुरा पटेल
८. ६० वर्षीया शारदा पटेल
९. ५५ वर्षीय प्रवीण पटेल
१०. ५६ वर्षीय हेमराज सरौती
११. ५८ वर्षीया आशा बोन्डे
१२. ४३ वर्षीया रूपाली सरौदी
१३. ५६ वर्षीय हेमराज सरोद
१४. ४५ वर्षीय सिम अनन्तास्कन्डे
१५. ६७ वर्षीया कुमोदिनी झाप्रे
१६. ४२ वर्षीय नेलिमा घेरोङ
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन