पोखरा । नेकपा एस बागलुङको सिंगो कमिटी नेकपा एमालेमा समाहित भएका छन् । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहितको टीम एमालेमा समाहित भएको हो ।
उनीहरूलाई एमाले गण्डकी इन्चार्ज किरण गुरुङले स्वागत गरेका हुन् । नेकपा एस जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित सबै सदस्यहरू एमालेमा समाहित भएको एमाले बागलुङका अध्यक्ष हीरा केसीले जानकारी दिए ।
नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा पदाधिकारी सहित सिंगो जिल्ला समिति नेकपा एमालेमा समाहित भएको हो।
हिजोको दिनमा गलत नेतृत्वलाई विश्वास गर्न पुगेका कारण आफूहरू अहिले एमालेमै समाहित भएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए।
पाँच बुँदे सहमति गर्दै एमाले र समाजवादी पार्टी समायोजन भएका हुन्। एकीकृत समाजवादीका जिल्ला समिति र मातहतका सबै समिति नेकपा एमालेमा समाहित हुने, नेकपा समाजवादीका विभिन्न तहमा रहेका नेताहरुलाई विधानको परिधिमा रहेर पूर्ववत् जिम्मेवारीमा पुनस्थापित गर्ने, नयाँ जिम्मेवारी दिनुपर्नेलाई योग्यता र मापदण्डको आधारमा जिम्मेवारी दिने सम्झौता भएको छ।
पार्टीका नेता कार्यकर्ताहरूको व्यवस्थापनका लागि नेकपा एमालेबाट मनकुमारी केसी, डा. सूर्य पाठक, इन्द्रलाल सापकोटा, हिराबहादुर केसी, गणेश थापा र नेकपा समाजवादीको तर्फबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल निर्माण गरिएको छ।
श्रीप्रसाद शर्मा हिजो मात्रै नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा पराजित भएका थिए । नेतृत्वको अकर्मण्यता र गुटगत मानसिकताले गर्दा आफूहरू एमालेमै फर्किने निष्कर्षमा पुगेको उनी सुनाउँछन्।
पार्टी समायोजन कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले समायोजन प्रक्रियाबाट आएका सबैलाई उचित जिम्मेवारी प्रदान गर्ने बताए।
‘नदी बग्दै गर्दा भँगालो छुट्नु स्वाभाविक हो,’ उनले भने, ‘छुटेपछि फेरि भेट भएको छ। अब आएका साथीहरूलाई उचित जिम्मेवारी प्रदान हुन्छ।’ गठबन्धन सरकारको नेतृत्व गरिरहेको र देश निर्माणको अभिभारा एमालेको काँधमा रहेको उनले सुनाए।
‘अहिले विभिन्न समस्याहरू उठिरहेका छन्, तिनीहरूको समाधान गर्ने जिम्मा एमालेकै काँधमा छ,’ उनी भन्छन्, ‘आगामी चुनावमा एकल बहुमतको सरकार बनाउने गरी काम गर्ने र अहिलेका सबै समस्या समाधान गर्ने जिम्मा एमालेको हो।’
पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज मनकुमारी केसीले हिजो एउटै पार्टीमा काम गरेको र अब पनि एकै ठाउँ काम गर्ने सङ्कल्प गरिएको बताइन्। एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले वामपन्थी एकताका लागि बागलुङले राष्ट्रिय सन्देश दिएको बताए।
तस्वीर तथा समाचार सौजन्यः संगम घर्ती मगर
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह