दिनेशराज दाहाल (दिनेश डीसी) चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
चर्चित संचारकर्मी, फिल्म निर्देशक तथा अभिनेतासमेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । ‘आवाजको दुनियाँको साथी’ उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।
चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तिम समयमा तीन जनाको नाम सिफारिस भएको थियो ।
छ जना आवेदकमध्येबाट सिफारिस समितिले डिसी, राजेश थापा र दिपा पाण्डे बस्नेतको नाम सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुझाइएको थियो । अध्यक्षमा आवेदन दिएसँगै चर्चामा आएकी अभिनेत्री करिष्मा मानन्धर भने छनोटमै परिनन् । प्रकाश भट्टराई र अर्जुनकुमार डंगोल पनि सर्टलिस्टमा परेनन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’