गृहसचिव एकनारायण अर्याल नेपालका २८ औँ मुख्यसचिव बनेका छन् । बरियतामा चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन् ।
मुख्यसचिव लिलादेवी गड्तौला सहित ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए ।
२०२४ मंसिर १० मा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण २०८२ मंसिर २४ गतेसम्म अर्थात बढीमा एक वर्ष मुख्यसचिवको जिम्मेवारी पूरा गर्नेछन् ।
अर्यालले सचिवको रुपमा अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।
त्यसअघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, कलकत्तास्थित महावाणिज्यदूत लगायतको जिम्मेवारी सम्हाली सकेका छन् ।
गृह प्रशासनमा लामो अनुभव भएका अर्याल निजामती कर्मचारीमा एक इमान्दार, निर्भीक र काबिल प्रशासकको रूपमा चिनिन्छन् । प्रत्येक जिम्मेवारीमा कुशलता र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रशासकको रुपमा अर्यालले कर्मचारी प्रशासनमा आफ्नो छवि बनाएका छन् ।
अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन् ।
अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे सचिवको कार्यकालबाट ६ महिनापछि आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने