पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा आफ्नो भागमा परेको ४ मन्त्रालयमा नेतृत्व गर्ने मन्त्रीको नाम टुंग्याएको छ ।
संसदीय दलका नेता खगराज अधिकारीले कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसीको नाम फाइनल गरेको स्रोत बताउँछ । उनीहरुको आजै दिउँसो शपथ ग्रहण गराउने तयारी छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम ७ मन्त्रालय टुक्राएर ९ वटा कायम गरिएसँगै एमालेबाट ४ जना मन्त्री थपिने भएका हुन् ।यसपटक मन्त्रीमा कुनै अनुहार दोहोरिएनन् ।
गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । नेता अधिकारी यसैका लागि शनिबार काठमाडौँ गएका थिए । अधिकारीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार भेटेपछि मन्त्री बन्ने सांसदको नाम टुंगो लागेको हो ।
केसी र पाठक खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् ।
पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित बस्यालले प्रदेश सभाको ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । नवलपुरकी पद्मा जिसी यसअघि नै मन्त्री बन्ने चर्चा थियो । पद्मा संसदका सक्रिय महिला सांसदमध्ये एक हुन् । उनी नवलपुर २ (१)बाट निर्वाचित हुन् ।
यसैगरी, बागलुङका पाठक सिधै केन्द्रमा पहुँच राखेकाले यसपटक मन्त्री बन्ने निश्चित नै थियो । पाठक अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट हुन् ।
प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् । समानुपातिकबाट अवसर दिएका केसीलाई फेरि अवसर दिँदै मन्त्री बनाउने भएसँगै एमाले सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । २२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए ।
पृथ्वीसुब्बा समूहका कास्कीका भीम कार्की मन्त्री बन्ने चर्चा थियो । तर, यसपटक पनि उनी परेनन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन