पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध भएका हुन् ।
निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । सोमबार दाबी विरोधको समय दिइएको थियो । ती पदमा उनीहरुको मात्रै उम्मेदवारी परेको छ । सोमबार दाबी विरोध पनि परेन । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
बुद्धाचार्य, बास्तोला, गौतम र श्रेष्ठले उम्मेदवारी दिएका पदमा दोहोरो उम्मेदवारी नपरेको हुँदा उनीहरु स्वाभाविक रुपमा निर्विरोध भएका छन् । तर निर्वाचन समितिले भने आधिकारिक घोषणा गरेको छैन । उम्मेदवारी फिर्ताको समय बाँकी नै रहेको हुँदा उसले आधिकारिक घोषणा गर्न नमिलेको हो । कर्पाेरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका छन् ।
अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा निर्वाचन हुँदैछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो