तारा एयरले पोखरा–जोमसोम उडान आजदेखि गर्दै

तारा एयरले पोखरा–जोमसोम उडान आजदेखि गर्दै

tara-air

पोखरा । तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान सुरू गर्दैछ । मौसमको प्रतिकूलका कारण उडान बन्द भएको पोखरा–जोमसोममा आजदेखि नियमित उडान गर्न लागेको कम्पनीले जनाएको छ ।

पर्यटकीय ‘सिजन’ सुरू हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताए। उनका अनुसार जोमसोमको नियमित उडानका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङको जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds