गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न नायिका पूजा शर्मालाई चेतावनी दिएकी छिन्।
मंगलबार सामाजिक सञ्जालमा पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै समिक्षाले फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी हुन्।
समीक्षाले लेखेकी छिन्,’सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।’
उनले सत्य के हो आफूलाई, उसलाई र भगवानलाई थाहा भएको पनि बताएकी छिन्। उनले लेखेकी छिन्, ‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधीश नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ। र माफी दिएर साबित गरिदिएँ।’
नायक पल शाहसँग सो पोडकाष्टमा पुगेकी पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेकोले अब कसैले बोल्न जरुरत नरहेको बताएकी छिन्।
पूजाले भनेकी छिन्, ‘भगवान छ सत्यको जित हुन्छ। कानुनले नै पललाई निर्दोष साबित गरिसकेको छ। कानुनले बोलिसकेपछि सक्यो। यहाँ कसैले बोल्न जरुरत छैन। पललाई कसैले नाम ट्याग गर्न जरुरत पनि छैन।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’