पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मैत्रीपूर्ण खेलमा सहयोग गर्ने मुख्य प्रयोजक, संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गरेको छ ।
फोनिज गण्डकीले रजत जयन्ती मनाउने क्रममा गत साउन २४ गते पत्रकारहरुबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता राखेको थियो । सो प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्नेहरुलाई खेल उपसमितिको बैठकले आभार प्रकट गरेको हो ।
प्रायोजक, विशेष सहयोगीलगायत अन्य व्याक्तिहरुबाट नैतिक, भौतिक र आर्थिक सहयोगले कार्यक्रम सफल भएको उपसमितिका संयोजक अर्जुन गाहा ‘सुशान्त’ मगरले बताए । सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सहयोगी संस्थाहरुसँग दोहोरो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एमपिजी सोलुसनले मुख्य प्रायोजकका रुपमा सहयोग गरेको थियो ।
पोखरा–१५ नयाँ गाउँमा रहेको सोलुसनले दृष्टिकोण, रणनीति, रचनात्मकतामा आधारित रहेर डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेको छ ।
डिजिटल क्षेत्रमा कुशल अनि विशेषज्ञताका साथ आधुनिक प्रचार वृद्धिमा काम गरिरहेको संस्थाको मुख्य प्रायोजनले कार्यक्रम सफल भएको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए ।
‘हामीलाई कार्यक्रम गर्नका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता थियो । त्यही बेला एमपिजी सोलुसनले हृदय खोलेर सहयोग गर्नुभयो । यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनप्रसाद गुरुङलाई विशेष धन्यवाद्,’ उनले भने, ‘डिजिटल क्षेत्रमा काम गरिरहेको संस्थासँग एकोहोरो मात्र नभएर दोहोरो सहयोग रहन्छ । संस्थाले गरेका कामको प्रचार गर्नु हाम्रो पनि दायित्व हुन आउँछ ।’
प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीले मुख्य सहयोगीका रुपमा साथ दिएको थियो ।
परिषद्ले ट्रफि, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम र प्राविधिक सहयोग गरेको थियो ।
यस्तै, कार्यक्रम सफल बनाउन पोखरा उद्योग वाणिज्य संघ, क्लब सिक्स्टिन, युनाइटेड क्लब पोखरा, कञ्चन डिपार्टमेन्टल स्टोर्स, प्रोमिनेन्ट एजुकेशन कन्सल्टेन्सी, प्याडल नेपाल, पोखरा फुडल्याण्ड, लामा अमृत फाउण्डेशन घान्द्रुक, मोनालिसा पुजा पसल, गुरुङ ग्राफिक्सले आर्थिक सहयोग गरेको थियो । भने, मञ्चका लागि पटवा टेन्ट हाउसले सहयोग गरेको थियो ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो