पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिलातर्फ ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करणको प्रतियोगिता सुरू भएको हो।
नव आदर्श सामुदायिक विकास समाजले आयोजना प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप न्यू डायमण्ड युथ स्पोर्ट क्बलले सुखद् सुरूवात गरेका छन् ।
मंगलबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी भलिबल संघले कमजोर देखियो। अन्तिम समयमा निम्तो पाएको गण्डकीको टोलीमा यू–१९ खेलाडी समावेश छन् ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्बलसँग ३–१ को सेटमा गण्डकी पराजित भएको हो ।
दोस्रो खेलमा टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

महिला तथा पुरुषतर्फ ४/४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको विजेतालेसमान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचले पनि विधागत पुरस्कार पाउनेछन्।
गत संस्करणको पुरुषतर्फको उपाधि घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र महिलातर्फको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले जितेको थियो।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन