पोखरा । पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेलामा प्रथम अन्तर क्लब ह्याण्डबल प्रतियोगिता सुरु भएको छ ।
वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय बडहरबोट आमा समूहको आयोजनामा यही भाद्र २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा हुने मेलामा मंगलबारदेखि ह्याण्डबल प्रतियोगिता सुरु भएको हो । मेलाको औपचारिक उद्घाटन बुधबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्ने र शुक्रबारको समापन कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नुहुने बताइएको छ । लिग चरणमा आधारमा खेलाईने खेलमा ६ वटा टिमले सहभागिता जनाएका छन् । मंगलबार टिम फाईभ र टिम निकेश, टिम विशाल र टिम एमिसि, टिम निकेश र टिम चन्द्र, टिम मनकामना र टिम एमिसी, टिम चन्द्र र टिम फाईभ तथा टिम विशाल र टिम मनकामना विच खेल भएकोे ह्याण्डबल प्रतियोगिताका संयोजक अनिल बस्नेतले जानकारी दिए । मेलामा भाद्र १९ गते ह्याण्डबल प्रतियोगिता, २० गते अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले बताए । मेलामा स्थानिय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ । सोही मेलामा वडा कार्यालयले वडाभित्रका विद्यावारिधी गर्न सफल करिब २५ जना व्यक्तिलाई सम्मान र सामुदायीक विद्यालय तर्फ नेपालमै उत्कृष्ट भएको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट वनेको ईन्द्रराज्य लक्ष्मी मा.विलाई सम्मान गर्ने तयारी समेत गरेको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।
वडा कार्यालयको संरक्षकत्वमा वडाभित्रका आमा समुहलाई नै आयोजक र सह आयोजकको जिम्मा दिई ४ दिनसम्म मेला सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी बाँनियाले जानकारी दिए । तीज महिलाहरुको विशेष चाड भएकाले पनि महिला समूह मार्फत कार्यक्रम संचालन गर्न लागिएको र वडाभित्रका सबै समूहको सहयोग रहेको आयोजक बडहरबोट आमा समूहका अध्यक्ष कमला तिमिल्सिनाले बताइन् । बडा प्रतिनिधी तथा स्थानीयहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडा भरिका महिलाहरु उत्साहित भएर नै मेलालाई व्यवस्थित रुपमा सञ्चालन गरिएको उनले बताए। मेला सञ्चालनका लागी करिव १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदाताबाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले जानकारी दिए ।
शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेला मुलुककै पुरानो तीज मेला हो । यसले समग्र यस क्षेत्रकै संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको वडाध्यक्ष तिमिल्सिनाले बताए । मेलामा तिजको परम्परागत हम्काइला भाका समेत प्रस्तुत गरिने बताइएको छ। हम्काईलो भाका प्रस्तुतीका लागि स्थानिय जेष्ठ महिलाले तयारी सुरु गरेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु