पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टीम मनकामनाले उचालेको छ।
ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकाे हो ।
उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकाे खेल संयोजक अनिल बस्नेतले जानकारी दिए।
त्यस्तै, उच्च स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।
विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र मुल व्यवस्थापन समितिका संयोजक रामकुमारी बानियाँले नगद, ट्रफी, मायाको चिनो र प्रमाणपत्र वितरण गरे ।
तीन दिनसम्म भएको प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए।
यसैबीच, मेलामा आयोजित अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम भएको छ। १७ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा अल्फा बोडिङ्ग स्कूल द्वितीय, रिभरडेल स्कुल तृतीय र पोखरा एकेडेमी, ईन्द्रराज्य लक्ष्मी मा वि, निर्मल आधारभूत विद्यालय सान्त्वना भएको संयोजक मञ्जु बस्यालले जानकारी दिए ।
विजयी टोलीले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन