गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सभ्य समाज निर्माणका लागि नैतिक शिक्षाको खाँचो औंल्याएका छन् ।
पोखरा १५ स्थित श्यामा–श्याम सत्संग पोखराको वार्षिक साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथि भट्टले जीवनको मुक्ति साधना रहेको र सफलताका लागि कर्म अनिवार्य भएको बताए ।
भट्टले भने – हाम्रो जीवनको मुक्ति साधना हो । साधना विना कुनैपनि क्षेत्रको सफलता सम्भव छैन । सफलताको लागि कर्म गर्नुपर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ ।
पञ्चममूल जगद्गुरू भक्तियोगरसावतार श्री कृपालुमहाप्रभुले जीव कल्याण हेतु अनुकरणीय शास्त्रसम्मत सिद्धान्त प्रतिपादन गरेको भन्दै उनले मानव जीवनको असल चालचलनले स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न सघाउ पुग्ने बताए ।
प्रदेश प्रमुख भट्टले असल कर्म गर्नु नै धर्म रहेको बताउँदै कर्म असल भयो भने फसल वा फल पनि असल नै प्राप्ति हुने र खराब कर्म अर्थात् कुकर्मको फल खराब नै हुने उल्लेख गरे ।
महापुरुषहरूको संगत र कृपाद्वारा शक्ति प्राप्त गर्न सकिनेमा उनले जोड दिए । उनले भने – ‘दया, माया, करुणा नै एउटा साधकको साधना हो । अरूमा दोष देख्ने प्रवृत्ति आफैमा खराब हो । तसर्थ अरूमा दोष हैन, असल कुरा देख्न सकियो भने मात्र आफूभित्रको शक्ति पत्ता लगाउन र जित्न सकिन्छ । अरूमा दोष देख्ने प्रवृत्तिले आफैमा अहंकार मात्र बढाउँछ ।’
धर्म, अध्यात्म र साधना भनेको समाजका ऐना भएको र यसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउने उल्लेख गरे ।
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले श्यामा श्याम सत्संगले उत्कृष्ट कार्य गर्दै आएको भन्दै वडाले सहकार्य गरेर अघि बढिरहेको बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो