पोखरा । सरकार परिवर्तनका कारण प्रभावित बनेको गण्डकी प्रदेश सभाको बैठक २ महिनापछि बुधबार आज बस्दै छ । सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते सदन आह्वान गरेका हुन् ।
गण्डकीको छैटौँ अधिवेशन अन्तर्गत असार १८ गतेको बैठकपछि प्रदेश सभा स्थगित गरिएको थियो । यो अधिवेशनमा अधिवेशनमा केही कानुन संशोधनको तयारी सरकारको छ । केही नयाँ कानुन पनि टेबुल गर्ने तयारी छ । गण्डकी प्रदेश सभामा अहिले दुई विधेयक छलफलमा छन् । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् ।
प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले आसन्न केही दिनअघि सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको उल्लेख गरे । यो विधेयक सदनमा टेबुल हुन बाँकी छ । बीजनाशक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसद्मा सामान्य छलफलपछि थप छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
गएको वैशाख १६ गते सर्वाेच्चको परमादेशबमोजिम नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मात्र सरकारलाई पूर्णता दिएका थिए । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण संसदीय समितिहरूसमेत निष्क्रिय बनेका छन् ।
सरकारले प्रदेश सरकारका लागि ४० ऐन आवश्यक पर्ने निक्र्याेल गरे पनि विधेयक तयार गर्नेतर्फ ध्यान दिएको देखिँदैन । ६० सदस्यीय प्रदेश सभामा अहिले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई कांग्रेसका २७ र एमालेका २२ तथा १ जसपा र १ स्वतन्त्र गरी ५३ सांसदको समर्थन छ ।
प्रदेश सभाका ४ समिति पनि पछिल्लो समय कामविहीन छन् । सामाजिक विकास तथा कृषि समिति सभापति फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि नयाँ नेतृत्व चुनिएको छैन । प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेस सांसद चम्पादेवी खड्का सभापति छिन् भने अर्थ तथा विकास समितिमा भोजराज अर्याल सभापति छन् ।
नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा रहेका बेला समितिको नेतृत्व चुनिएकाले सार्वजनिक लेखा समितिमा एमाले सांसद सुधीरकुमार पौडेल सभापति छन् । सामान्यतः सार्वजनिक लेखा समितिका सभापति प्रमुख प्रतिपक्षी दललाई दिने चलन छ । गण्डकीमा यसअघि प्रमुख प्रतिपक्षी रहेको बेला एमालेका पौडेल सभापति बनेका हुन् ।
माओवादी केन्द्रको कोटाबाट सामाजिक विकास तथा कृषि समिति सभापति देवकोटा मन्त्री बनेपछि समिति नेतृत्वविहीन छ । सार्वजनिक लेखा समितिको नेतृत्व आफूहरूले पाउनुपर्ने माओवादीका सांसदहरुले दाबी गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो