स्याङ्जा । स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ। सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो।
स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन्। प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ।
एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए।
स्याङ्जाका ११ पालिकामध्ये हाल तीनवटा पालिकामा दुई/दुई, सातवटा पालिकामा एक/एक वटा र एउटा पालिकामा हुलाक कार्यालय छैन। स्याङ्जाको पुतलीबजार नगरपालिका, आँधीखोला र हरिनास गाउँपालिकामा दुई/दुईवटा हुलाक कार्यालय रहेको उनले बताए।
पुतलीबजार नगरपालिकामा जिल्ला हुलाक र कोल्मामा इलाका हुलाक कार्यालय छ। पुतलीबजारमा कोल्मा इलाका हुलाक कार्यालय हटाइने भएको हो।
त्यस्तैगरी, आँधीखोला गाउँपालिकामा रङ्गेठाँटी इलाका हुलाक कार्यालय र पञ्चमूल इलाका हुलाक कार्यालय छन्। आँधीखोलाको पञ्चमूल इलाका हुलाक कार्यालय हटाइने भएको हो।
हरिनास गाउँपालिकामा क्याक्मी र किचनासमा इलाका हुलाक कार्यालय रहेकामा क्याक्मी इलाका हुलाक कार्यालय हटाइने भएको उनले जानकारी दिए।
बिरुवा गाउँपालिकामा एउटा पनि इलाका हुलाक कार्यालय नभएकाले हुलाक पुनः संरचनाअनुसार आगामी असोजबाट कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने भएको हो।
नयाँ पुनः संरचनाअनुसार हुलाक कार्यालय सञ्चालनका विषयमा स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?