स्याङ्जा । स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ। सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो।
स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन्। प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ।
एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए।
स्याङ्जाका ११ पालिकामध्ये हाल तीनवटा पालिकामा दुई/दुई, सातवटा पालिकामा एक/एक वटा र एउटा पालिकामा हुलाक कार्यालय छैन। स्याङ्जाको पुतलीबजार नगरपालिका, आँधीखोला र हरिनास गाउँपालिकामा दुई/दुईवटा हुलाक कार्यालय रहेको उनले बताए।
पुतलीबजार नगरपालिकामा जिल्ला हुलाक र कोल्मामा इलाका हुलाक कार्यालय छ। पुतलीबजारमा कोल्मा इलाका हुलाक कार्यालय हटाइने भएको हो।
त्यस्तैगरी, आँधीखोला गाउँपालिकामा रङ्गेठाँटी इलाका हुलाक कार्यालय र पञ्चमूल इलाका हुलाक कार्यालय छन्। आँधीखोलाको पञ्चमूल इलाका हुलाक कार्यालय हटाइने भएको हो।
हरिनास गाउँपालिकामा क्याक्मी र किचनासमा इलाका हुलाक कार्यालय रहेकामा क्याक्मी इलाका हुलाक कार्यालय हटाइने भएको उनले जानकारी दिए।
बिरुवा गाउँपालिकामा एउटा पनि इलाका हुलाक कार्यालय नभएकाले हुलाक पुनः संरचनाअनुसार आगामी असोजबाट कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने भएको हो।
नयाँ पुनः संरचनाअनुसार हुलाक कार्यालय सञ्चालनका विषयमा स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह