लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए ।
उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार हुन नसक्ने भनेपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।
उनका अनुसार सुरूमा राउटेले उपचार गर्न ल्याउन दिएनन् । धेरै प्रयास गर्दा पनि उनलाई समयमा अस्पताल ल्याउन नसकिएको उनले बताए । अन्तिममा बिरामीले आमाबुवाले नमाने पनि मलाई उपचारका लागि लैजानुस् भन्दा अस्पताल ल्याएको उनको भनाइ छ ।
खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए । ‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्,’ उनले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’
उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो ।
२०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् ।
वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १ सय ३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’