मुस्ताङका ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा ट्रकमा लोड गरी बेपत्ता भएका एक जना पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार मुन्ना भनेर चिनिने मोहम्मद फकिरलाई पक्राउ गरिएको हो । घटना विवरण अनुसार गत असोज १ गते अपरान्ह ४ बजेको समयमा मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ वारागुङ बस्ने ताक्ला गुरुङको घरगोठमा गई मोहम्मदसहित ३ जनाले च्याङ्ग्राको मोलमोलाई गरेका थिए ।
रुपन्देही शुद्धोधन गा.पा. वडा नं. ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने वर्ष ५० को मोहम्मद फकिर समेत ३ जना व्यक्तिहरुले च्याङ्ग्रा खरिद गर्छौ भनी १०३ वटा च्याङ्ग्राहरु बयालिस लाखमा खरिद गर्ने जनाएका थिए ।
तर, पैसा अहिले नलिई आएको र पोखरा गएपछी दिन्छौँ भनी विश्वास दिलाई च्याङ्ग्रा धनी ताक्ला गुरुङ समेतलाई संगै ल्याएकोमा पोखरा ड्यामसाईड स्थित होटलमा सुतेको अवस्थामा उक्त च्याङ्ग्रा सहितको गाडी लिई सम्पर्क विहिन भएको भन्ने जाहेरीको आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो ।
असोज ३ गते नै ४०–५० वटा च्याङ्ग्रासहितको ट्रक चितवनमा भेटिएको थियो । तर, च्याङ्ग्रा चोरेर गायब हुने फकिर सम्पर्कविहीन नै रहेकोमा असोज ७ गते पोखरा म.न.पा. वडा नं. ४ स्थित कोठाबाटै फकिरलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
च्याङ्ग्राहरु असोज २ गते पोखरा वडा नं. २५ घट्टेखोलाबाट अन्य सवारी साधनहरुमा लोड गरी बिक्री बितरण गरेको उनले प्रहरीसामु बयान दिएका छन् ।

सम्बन्धित समाचारः
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन