पोखरा । गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका स्थानीयले हेलिकोप्टर उडानमा रोक लगाएका छन् ।
सरकारले चुमनुब्री लगायतका क्षेत्रलाई निषेधित क्षेत्रमा राखेकामा त्यसलाई खुला गर्न माग गर्दै स्थानीयले हेलिकोप्टर उडानमा रोक लगाएका हुन् । स्थानीयले सामागाउँको हेलिप्याडमा ढुंगा थुपार्नुका साथै झण्डा समते गाडेर हेलिकोप्टर ल्यान्ड गर्न नदिएका हुन् ।
गाउँमा आपतविपत परेका बेला उद्धारका लागि हेलिकोप्टर ल्याउन समेत अप्ठेरो परेकामा सरकारको बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ । निषेधित क्षेत्र खुला गरेर हेलिकोप्टर उडान सहज बनाउनुपर्ने माग आफूहरुले राखेको स्थानीय मिङमार लामाको भनाइ छ ।
यसका बारेमा गाउँलेहरु बसेर संघ सरकार, जिल्ला प्रशासन र गाउँपालिकामा स्थानीयले लिखित माग नै पेस गरेका थिए । माग पूरा गर्न ५ दिनको समय दिए पनि त्यसको बेवास्ता भएपछि हेलिकोप्टर उडान रोक्न वाध्य भएको उनको भनाइ थियो ।
स्थानीयको आन्दोलनका कारण मनाश्लु क्षेत्रबाट फर्कने पर्यटक अलपत्र परेका छन् । हिमाल चढेर फर्केका धेरैजसो पर्यटक सामागाउबाट हेलिकोप्टर चढेर काठमाडौं फर्कने गर्छन् ।
सम्बन्धित खबर
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो