पोखरा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीले ‘डेंगु रोगसम्बन्धी सचेतना, खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
पोखरा महानगरमा डेंगुको संक्रमण ह्वात्तै बढेपछि समुदायमै गएर सचेतना र डेंगु रोग संक्रमण गराउने एडिज लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अअघि बढाइएको सञ्जालकी अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् ।
उनका अनुसार डेंगुसम्बन्धी विभिन्न जनचेतनामूलक गीतमार्फत महानगरका ३३ वटै वडामा सचेतना फैलाउन लागिएको हो ।
पोखरा-६ बाट शुभारम्भ भएको कार्यक्रममा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्वस्थ्य स्वयंसेविकाले समुदायमा जनचेतना फैलाउँदा छिटो प्रभावकारी हुने दावी गरे ।
उनले डेंगुबाट बच्न नागरिक नै सजग हुनुपर्ने भन्दै समुदायमा डेंगु संक्रमण फैलिन नदिन खोज र नष्ट गर अभियान सबै ठाँउमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अभियान सबैको भएकाले सबै सामाजिक संघसंस्थाले पनि सचेतना फैलाउन लाग्नुपर्नेमा जोड दिए ।
उनले स्वास्थ्य महाशाखा महिला स्वास्थ्य स्वयंसेविका सञ्जालले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने बताए । अभियानमा विभिन्न वडाका २५ जना स्वास्थ्य स्वयंसेविका सहभागी छन् ।
कार्यक्रम पोखरा-६ लेकसाइडबाट सुरु भई वडा नं. ५, ६, ७ र ८ का ग्यारेज, वर्कशप, होटल रेष्टुरण्ट, कवाडी कारखानालगायत विभिन्न स्थानमा पुगेर सचेत गराइएको थियो ।
सञ्जालकी अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगीता बरालले गरेकी थिइन् ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो