पोखरा । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीले ‘डेंगु रोगसम्बन्धी सचेतना, खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
पोखरा महानगरमा डेंगुको संक्रमण ह्वात्तै बढेपछि समुदायमै गएर सचेतना र डेंगु रोग संक्रमण गराउने एडिज लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अअघि बढाइएको सञ्जालकी अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् ।
उनका अनुसार डेंगुसम्बन्धी विभिन्न जनचेतनामूलक गीतमार्फत महानगरका ३३ वटै वडामा सचेतना फैलाउन लागिएको हो ।
पोखरा-६ बाट शुभारम्भ भएको कार्यक्रममा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्वस्थ्य स्वयंसेविकाले समुदायमा जनचेतना फैलाउँदा छिटो प्रभावकारी हुने दावी गरे ।
उनले डेंगुबाट बच्न नागरिक नै सजग हुनुपर्ने भन्दै समुदायमा डेंगु संक्रमण फैलिन नदिन खोज र नष्ट गर अभियान सबै ठाँउमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अभियान सबैको भएकाले सबै सामाजिक संघसंस्थाले पनि सचेतना फैलाउन लाग्नुपर्नेमा जोड दिए ।
उनले स्वास्थ्य महाशाखा महिला स्वास्थ्य स्वयंसेविका सञ्जालले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने बताए । अभियानमा विभिन्न वडाका २५ जना स्वास्थ्य स्वयंसेविका सहभागी छन् ।
कार्यक्रम पोखरा-६ लेकसाइडबाट सुरु भई वडा नं. ५, ६, ७ र ८ का ग्यारेज, वर्कशप, होटल रेष्टुरण्ट, कवाडी कारखानालगायत विभिन्न स्थानमा पुगेर सचेत गराइएको थियो ।
सञ्जालकी अध्यक्ष भीमा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगीता बरालले गरेकी थिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ