गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पृथ्वीनारायण क्याम्पस नजिकैको सेती नदी किनारस्थित कित्ता नम्बर ८३३ को २२३ रोपनी जग्गामा क्याम्पस र साठी घरे पराजुली परिवारले दाबी गर्दै आएकोमा हालै सरकारीकरण गरिएको छ ।
पराजुली परिवारले जग्गा आफ्नै पितापुर्खाको भएको र यसलाई कसैले होइन भन्न नसकेको तर दर्ता नगरिदिएको भन्दै आएको छ । क्याम्पसले पनि जग्गा आफैले हकभोग गर्दै आएकाले क्याम्पसकै हुनुपर्ने बताउँदै आएको छ ।
दुबैले दाबी गर्दै आएको जग्गा मालपोत कार्यालय कास्कीले गत भदौ २५ गते सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । पराजुली परिवारले यसलाई षड्यन्त्रको संज्ञा दिएका छन् ।
दर्ता प्रक्रियाको अन्तिम समयमा हातमा फाइल हुँदाहुँदै सामान्य जानकारी समेत नगराएर जग्गालाई सरकारीकरण गरिदिएको बिरोधमा पराजुली परिवारले शुक्रबार विरोध जनाएको छ ।
मालपोत कार्यालयमै पुगेर उनीहरुले मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीलाई विरोध पत्र बुझाउनुका साथै नाराबाजीसहित विरोध प्रदर्शनसमेत गरेका छन् ।
शुरुमा विरोध पत्र बुझाएका उनीहरुले झरीका बाबजुद ‘व्यक्तिको नामको जग्गा सरकारी बनाउन पाईंदैन, गैरकानूनी निर्णय खारेज गर, मालपोत प्रमुख मुर्दावाद, पीडित पराजुली परिवारलाई न्याय दे’लगायतका नाराहरु लगाउँदै प्रदर्शन गरेका हुन् ।
साठी घरे पराजुली समाजका अध्यक्ष विश्वगोपाल पराजुलीले आफूहरुको निजी जग्गा मालपोत प्रमुखले जालसाजी गरेर सरकारी बनाएको भन्दै विरोध जनाए ।
प्रमाण, डकुमेन्ट र भोगचलनको आधार नहेरी मालपोत प्रमुखले दवाव, प्रभाव र प्रलोभनमा परेर व्यक्तिको जग्गा सरकारी बनाएको उनको आरोप थियो । आफ्ना पितापुर्खाले पिएन क्याम्पसलाई ४९८ रोपनी, संस्कृत क्याम्पस, राष्ट्रिय मावि, बालज्योति तथा रत्ना आधारभूत विद्यालयलगायत संस्थालाई सयौँ रोपनी जग्गा दान गरेको भन्दै उनले भने, ‘अहिले रहेको जग्गा हामीलाई देउ भन्दा दातालाई सजाय गर्ने, अपमानित गर्ने र आरोपित गर्ने काम भएको छ । यसको हामी घोर भत्र्सना र निन्दा गर्छौं ।’
उनले रातारात दादागिरी शैलीमा जग्गा सरकारी नाममा लगिएको भन्दै यसका विरुद्ध कानूनी लडाईं लड्ने चेतावनी दिए । उनले तत्काल निर्णय सच्याउन आग्रह गरे । अन्यथा आफूहरु चुप लागेर नबस्ने उनको चेतावनी थियो ।
पराजुली समाजका अगुवा शशीधर पराजुलीले मालपोत प्रमुखले पहिले न्याय गर्छौं भनेर पछि धोका दिएको आरोप लगाए । ‘पटकपटकको छलफलमा तपाईंले हामीलाई जग्गा तपाईंहरुकै नाममा आउने देखिन्छ । मैलेपनि तपाईंहरुलाई न्याय हुनेगरी निर्णय गर्छु भन्नुभयो’, उनले भने, ‘तर, अहिले रातारात के कारणले सरकारी बनाउनु भयो ? कि कसैको प्रलोभनमा परेर यस्तो गैरकानूनी निर्णय गर्नुभयो ?’
उनले मेयर धनराज आचार्यसँग कुरा गर्दा पनि यति धेरै जग्गा त दान गर्नुभयो, अब यति दिनका लागि विवाद नगर्दा नै उत्तम हुन्छ भनेको जनाउँदै जग्गा पराजुली परिवारकै भएकोमा कसैको विमति नरहेकाे र पिएन क्याम्पस प्रशासन जग्गादातालाई नै भूमाफिया करार गर्दै हिँड्दा पनि यो अवस्था आएको बताए ।
अर्का अगुवा खगेन्द्रराज पराजुलीले मालपोत प्रमुखलाई घुस्याहाको संज्ञा दिए । जनता मारेर निर्णय गर्ने कार्यालय प्रमुखले न्याय दिन नसक्ने भन्दै उनले भने,‘तपाईंले कार्यालय प्रमुख हुने हैसियत गुमाउनुभयो । हामीमाथि विश्वासघात गर्नुभयो । यसको परिणाम राम्रो हुँदैन । पराजुली परिवारको तपाईंलाई श्राप लाग्नेछ ।’
विरोधमा उत्रिएकी मालिका पराजुलीले आफूहरुको जग्गा फिर्ता नगरे कालोमोसो दल्नपनि पछि नपर्ने चेतावनी दिईन् । प्रमाण एकातर्फ छ, अर्कोतर्फ निर्णय गर्नु भएको छ।’ – उनले भनिन्, ‘कसरी यस्तो गर्न सक्नुभयो ? यो निर्णय फिर्ता नलिए कालोमोसो दल्न नपरोस् ।’
मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीले पिएन क्याम्पस र पराजुली परिवार कसैकोपनि दाबी नपुगेकाले सरकारी नाममा लैजाने निर्णय गरिएको बताए ।
उनले कसैको दवाब, प्रभाव वा प्रलोभनमा परेर नभई लामो समय दर्ता नगरी राख्दा थप अन्यौल हुने भएकाले यस्तो निर्णय गरिएको बताए । अब जसलाई आफ्नो हो जस्तो लाग्छ, उसले दाबी गर्न सजिलो होस् भन्नेपनि हो ।’ उनले भने, ‘तर त्यस्तो दाबी पुगेको नदेखेकैले यस्तो निर्णय गरेको हुँ ।’
उक्त जग्गा भएर २ वर्ष अघि पोखरा महानगरपालिका १ र ११ जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागेपछि दुवै पक्षले आपत्ति प्रकट गरेका थिए ।
कास्कीको शैक्षिक विकासमा पराजुलीहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै पराजुली परिवारले पिएन क्याम्पसको जमिन पनि पराजुली परिवारकै लगतभित्रको जग्गा भएको जनाएको छ । अहिले विवादित देखिएको कित्ता ८३३ जग्गा भने आफूहरुको खरबारी भएको पराजुली समाजको दाबी छ ।
पराजुली परिवारका जिजुबाजे पण्डित रत्नाखर पराजुलीलाई संवत १८७७ मा लालमोहर प्राप्त भई पिता पुर्खाको पालादेखि भोगचलन गर्दै आएको जानकारी दिँदै उनले सो जग्गा २०१५ सालको पोता लगतमा रत्नाखर पराजुलीको हो भन्ने तथ्य विवादरहित रहेको उल्लेख गरे । सो जग्गा खरबारी भएको हुँदा अंशबण्डा गोश्वारामा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले परिवारले आआफ्नो हकभोगका प्रमाण कागजसहित दर्ताका लागि निरन्तर प्रक्रियामा रहेको जानकारी दिए ।
सो जग्गा पृथ्वीनारायण क्याम्पसले आफ्नो हकभोग प्रमाण पेश गर्न नसकेको अध्यक्ष पराजुलीले दाबी गरे । उनले २०५५ सालमा तत्कालीन क्याम्पस प्रमुख महेन्द्रभूषण थापाले उक्त कित्ता नम्बरको जग्गा क्याम्पसको दाबी नभएको पत्र लेखेको स्मरण गराए । २०५६ मा तत्कालीन क्याम्पस प्रमुख थापाले भूमिसुधार मन्त्रीलाई सम्बोधन गरी लेखेको पत्रमा सो जग्गाको उचित मुअब्जा पराजुली परिवारलाई दिनुपर्ने उल्लेख छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो