पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था ठगी कसूरमा थप एक जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गुल्मीको मुसिकोट नगरपालिका ४ स्थायी घर भइ हाल ललितपुर १५, खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई १४ असोजमा पोखराको गैह्रापाटनबाट पक्राउ गरेको हो।
पछाईले सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना एवं अपचलन गरी गितेन्द्रबाबु राईसँग मिलेमतो गरी ३ करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको पाइएको छ ।
निजलाई कास्की जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोही सहकारीको रकम अपचलन मुद्दामा हालै पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीमाथि अनुसन्धान भइरहेको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक÷शेयर होल्डर तथा संचालकसमेत रहेका पूर्व डिआईजी जोशीको जिल्ला सरकारी वकिल कार्यालयसमक्ष जिल्ला प्रहरी कार्यालय कास्कीले बयान लिइसकेको छ । उनलाई पहिले ५ दिन हिरातमा राखिएकोमा गत ११ असोजमा थप ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको हो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन