पोखरा । गत असोज १३ गते पोखराको चाउथे नजिकै विजयपुर खोलामा एक शिशुको शव झोलाभित्र भेटियो । शिशुको पहिचान खुल्न नसकेपछि अनुसन्धानलाई वडा प्रहरी रामबजार र कास्की प्रहरीले तीब्रता दियो ।
ती शिशु असोज ११ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जन्मिएको अनुसन्धानबाट पत्ता लाग्यो । अस्पतालसँगको समन्वयमा बच्चाको बाबुआमा, ठेगाना लगायत सबै विवरण प्रहरीले पाइसकेको छ । सीसीटीभी फुटेजबाट पहिचान पनि भइसकेको छ । लोकेशन निकट प्रहरी पुगेको छ ।
असोज ११ गते जन्मिएको बच्चा भोलिपल्ट १२ गते नै स्वास्थ्य सामान्य रहेकाले डिस्चार्ज गरिएको अस्पताल प्रशासनले प्रहरीसामु बताएको छ । तर, १३ गते उनको शव विजयपुर खोलामा झोलाभित्र भेटियो ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले शिशुको अभिभावक निकट प्रहरी पुगिसकेको गण्डकन्यूजलाई बताए ।
‘बच्चा झोलाभित्र भेटिएपछि अनुसन्धानको क्रममा क्षेत्रीय अस्पतालमा जन्मिएको पत्ता लाग्यो । त्यसपछि अस्पतालकै समन्वयमा बच्चाका आमाबाबु, ठेगाना सबै थाहा पाइसकेका छौँ । सीसीटीभी फुटेजका आधारमा कहाँ गए ? लोकेशन निकट छौँ । पक्रेर सार्वजनिक गरिहाल्छौँ । पक्राउ गर्नुपर्ने भएकाले थप कुरा अहिले भन्न मिलेन ।’ डीएसपी शर्माले भने ।
नुवाकोट जिल्लाका ती जोडीले १० वर्ष अघि बिहे गरेको थाहा हुन आएको छ । बच्चा किन खोलामा मृत भेटियो ? भन्नेबारे थप कुरा उनीहरुबाटै थाहा हुने डीएसपी शर्माले बताए ।
उनीहरुले बच्चा डिस्चार्ज भएपछि अस्पतालबाट बर्थ सटिफिकेट पनि लिएका थिए । शिशुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छ । आफन्त नभएका कारण पोष्टमार्टम भएको छैन ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ