पोखरा । चाडपर्वले बढेको हवाई चापलाई मध्येनजर गर्दै पोखरासहित मुख्य सुगम विमानस्थल भोलिदेखि बिहान ४ : ३० बजेदेखि खुला हुने भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना अर्थात असोज १७ गतेदेखि कात्तिक १ गते पूर्णिमासम्म लागू हुनेछ । यो नियम अनुसार उपकरणको सहायताबाट उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थल रहेका छन् ।
पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मी सुवेदीले भोलि बिहान साढे ४ बजेदेखि नै विमानस्थल सञ्चाालनको तयारी भएको जानकारी दिइन् । अरु बेला विमानस्थलको जनशक्ति साढे ५ बजे आएर ६ बजे सञ्चालन गर्थौ,’ उनले भनिन्,‘ भोलिदेखि ४ बजे आएर साढे ४ बजे देखि नै विमानस्थल सञ्चालनको तयारी छ । ’
पोखरा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएकोमा अब कात्तिक १ गतेसम्म साढे १३ घण्टा सञ्चालन हुनेछ । मंगलबार काठमाडौंबाट दुईतर्फी ३ सय ३५ वटा उडान भएका थिए भने यी उडानबाट १८ हजार १ सय ३७ यात्रुले यात्रा गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन