मातृशोकमा रहेका नेकपा (एमाले) का युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र स्थानीय मन्दिरलाई सहयोग गरेका छन् ।
नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका सन्दर्भ पारेर बुधबार भेटी वापत् संकलित रकम स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा स्व. भरतराज–दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय ५५ र ओमकारेश्वर महादेव मन्दिरलाई संचालन सहयोगार्थ ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
१३ औं दिनको पुण्यतिथीमा आफ्ना स्वकीय सचिव अधिकारीको निवासमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट पुगेका थिए ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले अक्षयकोषको रकम विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेल तथा मन्दिरका पुजारी रामचन्द्र पौडेल र मन्दिरका सदस्य लिला पौडेललाई रकम हस्तान्तरण गरे ।
साथै, मन्दिरमा दान संकलनका लागि दानपत्र बाकस पनि प्रदान गरे ।
एमाले गण्डकी प्रदेश कमिटिका सदस्यसमेत रहेका अधिकारीले बुवा आमाको स्मरणमा गरिएको यो कार्यले भौतिक शरीर साथमा नभएपनि सधैं बचाइरहने बताए ।

सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’