काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अलआउट भयो। ओमानका लागि जीसन मक्सुदले ३५ रन र अकिब इल्यासले २२ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो। नेपालका लागि कप्तान पौडेलले अविजित अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ५६ रन जोडेका हुन्। यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्लले १९, देव खनालले १८, असिफ सेखले १४ तथा अनिल साहले ११ रन जोडे। ओमानका फयाज बटले ४ ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।
ओमानलाई सामान्य योगफलमा सीमित गर्ने क्रममा कुशल भुर्तेलले पुछारका ३ विकेट लिए। भुर्तेलले यस क्रममा ११ बलमा १० रन खर्चिए। रिजनले ढकालले सुरुवातका २ विकेट लिएको खेलमा मध्यक्रमका २ विकेट कप्तान पौडेलले लिए। सन्दीप लामिछानेले २ विकेट लिए।
दोस्रो ओभरको चौथो बलमा नै ढकालले काश्यप पूजापतिलाई २ रनमा आउट गरेपछि ओमानले पहिलो विकेट गुमाएको हो। उनैले ९ रन बनाएका सोहेब खानलाई पनि आउट गरेका थिए। अकिब इलियास र जेसन मसुदले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरेको खेलमा लामिछानेले इलियासलाई २२ रनमा आउट गरेका थिए।
मसुदलाई भने पौडेलले आउट गरे। मसुदले ३ छक्का सहित ३० बलमा ३५ रन जोडेका थिए। १ ओभर मात्र बलिङ गरेका पौडेलले सुरुका ३ बलमा नै विकेट लिएका हुन्। उनले कुल ७ रन खर्चिए।
यसपछि ओमानका प्रतीक अलवालेले १२ रन बनाउनु भन्दा बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।
जितसँगै नेपालले चार अंक जोडेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको क्यानडाको पनि चार अंक छ। रनरेटमा क्यानडा पछि छ। तेस्रो स्थानको ओमानको दुई अंक छ। अब अन्तिम खेलमा ओमानले क्यानडालाई हराए नेपालको सिरिज जित्ने छ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो