बागलुङ- दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । ‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन पर्यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ,’ पोखराबाट आएका पोषण शर्माले भने,’बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।’
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ ।
चैतेदसैँमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।
सम्बन्धित खबर
साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो
आज असार १५ : दही चिउरा खाने दिन
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा