पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयले आफ्नो नवीनतम् पुस्तक ‘डिलाइट अफ क्रियशन’ ‘Delight of Creation’ को औपचारिक विमोचन गरेको छ।
उक्त पुस्तक विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले परीक्षा समन्वयक हेम सुवेदीलाई हस्तान्तरण गर्दै विद्यार्थीहरूमा वितरण गरेका हुन्।

विद्यालयले ‘Delight of Creation’ लाई आफ्नो प्रमुख पुस्तकको रूपमा प्रस्तुत गरेको छ, जसले विद्यार्थीहरूलाई कला, कविता, लेखन, र अन्य सिर्जनात्मक क्रियाकलापमा उनीहरूको प्रतिभा देखाउन अवसर प्रदान गर्दछ।
यस पुस्तकले विद्यार्थीहरूलाई पाठ्यक्रमबाहेक अतिरिक्त गतिविधिहरूमा सहभागी हुन प्रोत्साहित गर्दै उनीहरूको रचनात्मक क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यस पुस्तकमा विद्यार्थीहरूका सिर्जनाहरूको साथसाथै विद्यालयका विभिन्न शिक्षकहरूबाट प्रेरणादायक सन्देशहरू पनि समावेश गरिएका छन्, जसले विद्यार्थीहरूको मानसिक विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्राचार्य डा. पराजुलीले भने, ‘विद्यार्थीहरूको बहुमुखी प्रतिभालाई अगाडि बढाउन यस प्रकारका पुस्तकहरूले महत्वपूर्ण योगदान पुर्याउँछ। हामीले यसलाई विद्यालयको वार्षिक प्रकाशनको रूपमा अघि बढाउने योजना बनाएका छौं।’
विद्यार्थीहरूमा सृजनात्मकताको विकास गर्न र विद्यालयको सकारात्मक शैक्षिक वातावरणलाई थप बलियो बनाउने उद्देश्यका साथ यो पुस्तक वितरण गरिएको हो।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो