काठमाडौँ । देशभर १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
ईडीसीडीको तथ्यांकअनुसार सबैभन्दा बढी कास्की जिल्लामा दुई हजार २२१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६ जना डेंगु फैलिएको छ । यस्तै, पर्वतका एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।
यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यी दश जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमण भएका जिल्ला हुन् ।
कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ?
देशभरका सातवटा प्रदेशमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण फैलिएको छ । यहाँ ६ हजार ४८९ जना डेंगु सङ्क्रमित छन् । यस्तै, बागमती प्रदेशमा ४ हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा ९९५ जना, कर्णाली प्रदेशमा २२० जनामा डेंगु सङ्क्रमण भएको छ । यस्तै, मधेस प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
डेंगु रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने