स्याङ्जाको आँधीखोला गाउँपालिका -२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
शुक्रबार बिहान १० बजे शिरुबारी देखी पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्क स्थित भित्री सडकखण्डमा ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी जिपमा सवार चालकसहित ९ जना मध्ये घाइते भएका सात जनालाई सेतिदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको डिएसपी पौडेलले बताए ।
दुर्घटनामा आँधीखोला गाउँपालिका -५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाईं, कास्की पोखरा महानगरपालिका -११ कि तीन वर्षीय सोफिया नेपाली, पोखरा छोरेपाटनकी १६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी- ५ कि ५८ वर्षीय शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल, घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।
जिप चालक अर्जुनचौपारी गा.पा. ५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरीको नियन्त्रणमा रहेको, जिप घटनास्थलमा रहेको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा