पोखरा । तनहुँको भानु नगरपालीका – ३ तुरतुरेमा बस पल्टिँदा सहचालकको ज्यान गएको छ । डुम्रेबाट बेशीशहरतर्फ गईरहेको ग१ख ४४४५ नं.को बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको थियो ।
सहचालक भानु नगरपालिका १ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञान ब. तामाङ घाईते भई उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे पठाईएकोमा उपचारको उनको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई गई चालकलाई नियन्त्रणमा लिईएको छ ।
कास्कीः बिक मृत अवस्थामा फेला
यता, पोखरा लेखनाथ महानगरपालिका २२ फुस्रेखोला चिसापानी बस्ने ६० वर्षिया रेणुका वि.क.आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जानकारी प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा प्रहरी टोली खटिई गई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयका एसपी नवराज भट्टले जनाएका छन् ।
तनहुँः बृद्ध मृत अवस्थामा फेला
तनहुँमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान साढे ७ बजे ब्यास ११ स्थित आफ्नै घरबाट निस्केर त्यसपछि सम्पर्कविहीन बनेका लेखबहादुर राना आज पूर्वान्ह मृत अवस्थामा भेटिएका हुन् । भानु ६ नारिनबोटमा उनको शव भेटिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरी प्रवक्ता श्यामु अर्यालले जनाए ।
(फिचर तस्विर भदौ २१ गते तनहुँ बेलचौतारामा भएको दुर्घटनाको हो )
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए