पोखरामा तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम् फोरमले तिहार लगत्तै आगामी कार्तिक २२ देखि २५ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपालसहित छिमेकी मुलुक चीनका खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगिता कार्तिक २४ र २५ गते सञ्चालन हुनेछ । जसका लागि २२ गते खेलाडी पोखरा आइपुग्नुपर्नेछ भने २३ गते खेलाडीको दर्ता र उनीहरुको लागि आवश्यक सामाग्री वितरण गरिनेछ ।
२४ गते बिहान साढे ८ बजे खेलको उद्घाटन गर्ने तयारी रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिए । उनका अनुसार दौड, साइकलिङ र बोटिङ गरी ५० किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ । प्रतियोगिता सफल बनाउनका लागि १५ वटा उपसमिति गठन गरिएको छ ।
यस खेलको अवसरमा पोखरा र यस क्षेत्रको पर्यटन प्रवर्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमासमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ । नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास गरिएको संस्थाका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।
प्रतियोगितामा १ करोड ३६ लाख खर्च रुपैयाा खर्च हुने अनुमान आयोजक टीमको छ ।
चिनियाँ खेलाडीको लागि २२ गते कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिएको छ । काठमाडौँ तथा नेपालका विभिन्न ठाउँबाट आउने प्रतियोगीहरुका लागि आयोजकले यातायातको व्यवस्था गर्ने जनाएको छ ।
प्रतियोगीहरूले टिम समूह, च्यालेन्ज इण्डिभिजुअल समूह, विद्यार्थी दौड र ह्याप्पी रन समूह (जुनसुकै समूह) मा सहभागिता जनाउन सक्नेछ । टिम समूहमा ३० वटा मिश्रित टिम रहने छन् । यसमा कम्तीमा एक विपरीत लिंगको सदस्य समेटिएको हुनुपर्नेछ ।
९० जना खेलाडीमध्ये १० चिनियाँ र २० नेपाली टोली हुनेछ । खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले कुल २२५८ मिटर उचाइ पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क प्रतिटिम २२,९२० रुपैँया रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत् जनाएको छ ।
यसैगरी, च्यालेन्ज इण्डिभिजुअल समूहमा करिब २ सय खेलाडी सहभागी हुने छन् । जसमा ८० चिनियाँ र १२० नेपाली रहनेछन् । ५० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । गेममा सहभागी हुने विदेशी खेलाडी खेलाडीका लागि प्रतिव्यक्ति ९९५० रुपैयाँ दर्ता शुल्क लाग्नेछ ।
विद्यार्थी दौड विद्यार्थीहरुका लागि आयोजित गेम हो । ५ सय खेलाडी सहभागी हुने यस गेमका लागि बाराहीचोकदेखि ड्यामसाइसम्म २ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । ह्याप्पी रन समूहमा ४८० नेपाली र २० चिनियाँ गरी ५ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजकको छ ।
२ किलोमिटरको दुरी पार गर्नुपर्ने यस दौड प्रतियोगितामा समाप्ती समय २ घण्टाको रहनेछ । यसमा सहभागी हुने विदेशी खेलाडीको लागि १९९० अर्थात १०० आरएमबी शुल्क तोकिएको छ ।
पहिलो समूहमा प्रथम हुनेका लागि ४ लाख ५८ हजार ४ सय रुपैया अर्थात् २४ हजार आरएमबी पुरस्कार तोकिएको छ । यस्तै, दोस्रो हुनेको लागि ३ लाख ४३ हजार ८ सय अर्थात् १८ हजार आरएमबी र तेस्रो हुनेको लागि २ लाख २९ हजार २ सय अर्थात् १२ हजार आरएमबी राशी पुरस्कार तोकिएको छ ।
यस्तै, चौथो हुनेका लागि १ लाख ५२ हजार ८ सय अर्थात् ८ हजार आरएमबी र पाँचौ हुनेका लागि ९५ हजार ५ सय अर्थात् ५ हजार आरएमबी नगर पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । उनीहरुले मेडल र प्रमाणपत्र पनि पाउनेछन् ।
यसैगरी च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रथमका लागि १ लाख ५२ हजार ८ सय अर्थात् ८ हजार आरएमबी, दोस्रोका लागि १ लाख १४ हजार ६ सय अर्थात् ६ हजार आरएमबी र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय अर्थात २ हजार आरएमबी प्राप्त गर्नेछन् ।
चौथोदेखि सातौँ हुने खेलाडीले ३८ हजार २ सय अर्थात् २ हजार आरएमबी र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीको लागि १९ हजार १ सय अर्थात् १ हजार आरएमबी पुरस्कारको व्यवस्था गरिएको छ ।
विद्यार्थी दौडमा शीर्ष ६ (महिला/पुरुष दुवै) खेलाडीको लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैया पुरस्कार राशी रहेको छ ।
चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रुपैयाा पाउनेछन् । यस्तै, ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता लेकसाइडको बाराहीघाटबाट सुरु हुन्छ । छोरेपाट हुादै फुस्रेखोला, रामदी, मट्टीखान, स्याङ्जाको फेदीखोला, रामकोट कविन्डे हुादै पुम्दीभुम्दी, विश्व स्तुपा, फेवाताल, खपौदी हुादै पुन बाराहीघाटमा नै आउनेछन् । फेवातालमा बोटिङ प्रयोग गर्नेछन् भने, रामदी तथा मट्टीखानमा साइकल प्रयोग गर्नेछन् । यसरी ५० किलोमिटरको दुरी तय गरिएको छ ।
चिनियाँ राजदुतावास, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी सरकार र पोखरा महानगरको आर्थिक सहयोग रहने आयोजकले जनाएको छ ।
पर्यटकीय राजधानी पोखरामा संचालन गरिने यस्ता इभेन्टलाई व्यवसायीक रुपमा सफल गराउनुपर्ने संस्थाका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रतियोगितामा सहकार्यका लागि बुद्ध एयरलाइन्स, कुनमिङ तियान्या इन्टरनेसनल ट्राभल एजेन्सी, युन्नान छाड्ङ्ग्री टेक्नोलोजी, नेपाल दर्शन टुर्स कम्पनी जस्ता संस्था रहने छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर