पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको भन्दै छुट दिने मंगलबार पत्रकार सम्मेलनमा जनाएको हो।
मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले जनायो । यो छुट तिहारसम्म लागु हुनेछ।
पछिल्लो समयको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा अप्ठेरो परेको र त्यसले गर्दा पाहुना आउन नसक्दा होटलका कोठा खाली भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
‘यो बेला जुन आकारमा पाहुना हुनुपर्ने हो, त्यो भएनन्,’ सुवेदीले भने, ‘पाहुना अभाव भएपछि छुट दिएर भए पनि आकर्षण बढाउन खोजिएको हो ।’ होटल संघ पोखरामा हाल ४ सय २५ वटा सदस्य होटल रहेका छन् । ती सबै होटलमा यो छुट अनिवार्य गर्ने भनेर परिपत्रसमेत गरेको उनले बताए ।
व्यवसायीका अनुसार यो बेला पोखराका होटलका अकुपेन्सी कम्तीमा ९० प्रतिशत हुनुपर्ने हो । तर, अहिले त्यो आकार ४० प्रतिशत खुम्चिएको उनले सुनाए । दशैँलगत्तै सीमावर्ती भारतीय सहर र स्वदेशभित्रकै ठूला सहरमा ‘जाँउ है पोखरा’ अभियान चलाएर आन्तरिक पाहुनलाई पोखरा घुम्न बोलाउने गरी प्रवद्र्धनात्मक गतिविधि चलाउने योजना रहेको अध्यक्ष सुवेदीले सुनाए।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु