पोखरा । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि काँग्रेस निकट प्यानलले मनोनयन दर्ता गराएको छ । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु सहितको प्यानलले उद्योग बाणिज्य संघमा पुगेर मनोनयन दर्ता गराएको हो ।
मनोनयन अघि चिप्लेढुंगाबाट ¥यालि सहित निस्किएको टोलि महेन्द्रपुल पालिखेचोक हुँदै उद्योगबाणिज्य संघको कार्यालयमा पुगेको थियो । प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे र उपमहासचिवमा चिनु गुरुङले उम्मेदवारी दिईन् ।
सदस्यहरुमा खुला तर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् । यस्तै, बस्तुगततर्फ राजेश गुप्ता, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य हरिराज पन्तको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्तापछि प्रजुले ब्यवसायीको हक र हितका लागि आफ्नो प्यानललाई मतदान गर्न आग्रह गरे । उनले पोखरा उद्योग बाणिज्य संघको गरिमा र इतिहासलाई जीवित राख्नका लागि पनि आफ्नो प्यानलको विकल्प नभएको दावी गरे ।
महासचिवका उम्मेदवार अर्जुन पोख्रेलले ब्यवसायीहरु आफ्नो पक्षमा रहेकोले बिजयी हुने बताएका छन् । कर्पोरेट तर्फका सादस्यहरु चाहीँ स्वतन्त्र रुपमा चुनाव लड्नेछन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार