काठमाडौँ । फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् ।
‘छक्का पन्जा– ५’
‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । फिल्मको यसअघिका सिरिजले व्यवसायमा रेकर्ड बनाउँदै आएकोले यसले पनि राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण पक्षको छ ।
दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।
१२ गाउँ
कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो, ‘१२ गाउँ’ ।
फिल्ममा बिराज भट्टका साथै उनका छोरा समीर र न्यासी खड्काको समेत अभिनय छ ।
एक्सनले भरिपूर्ण फिल्ममा ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा ट्रेलरमा देखाइएको छ । फिल्ममा सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ।
ज्वाइँ साब
दीपक–दीपाको टिमबाट बाहिरिएका जितु नेपालको मुख्य भुमिका रहेको फिल्म हो, ‘ज्वाइँ साब’ । यो फिल्मका निर्माण पक्षले पनि दर्शकको मन जितिने विश्वास लिएको छ ।
फिल्मको ट्रेलरमा गोवर्द्धन पण्डित नामक एक गाउँको अर्धबैँसे पात्रको कथा देखिन्छ । उसको विवाह हुन सकेको छैन । त्यसैले योग्य वधुको खोजीमा छ । विवाहका लागि प्रतिस्पर्धा मार्फत उनी छानिछन् ।
फिल्ममा जितुको अलवा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ