फूलपातीको अवसर पारेर तीन फिल्म प्रदर्शनमा

फिल्म चर्चा

फूलपातीको अवसर पारेर तीन फिल्म प्रदर्शनमा

छक्का पन्जा– ५, १२ गाउँ, ज्वाइँ साब

3 film

काठमाडौँ । फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् ।

‘छक्का पन्जा– ५’

‘छक्का पन्जा’को सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पन्जा– ५’ बनाएका हुन् । फिल्मको यसअघिका सिरिजले व्यवसायमा रेकर्ड बनाउँदै आएकोले यसले पनि राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण पक्षको छ ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन् ।

१२ गाउँ

कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो, ‘१२ गाउँ’ ।

फिल्ममा बिराज भट्टका साथै उनका छोरा समीर र न्यासी खड्काको समेत अभिनय छ ।

एक्सनले भरिपूर्ण फिल्ममा ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा ट्रेलरमा देखाइएको छ । फिल्ममा सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ।

ज्वाइँ साब

दीपक–दीपाको टिमबाट बाहिरिएका जितु नेपालको मुख्य भुमिका रहेको फिल्म हो, ‘ज्वाइँ साब’ । यो फिल्मका निर्माण पक्षले पनि दर्शकको मन जितिने विश्वास लिएको छ ।

फिल्मको ट्रेलरमा गोवर्द्धन पण्डित नामक एक गाउँको अर्धबैँसे पात्रको कथा देखिन्छ । उसको विवाह हुन सकेको छैन । त्यसैले योग्य वधुको खोजीमा छ । विवाहका लागि प्रतिस्पर्धा मार्फत उनी छानिछन् ।

फिल्ममा जितुको अलवा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । फिल्ममा प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ