लोकगायक अर्जुन सापकोटाले प्रेमिकासँग लगनगाँठो कसे

दाम्पत्य जीवन

लोकगायक अर्जुन सापकोटाले प्रेमिकासँग लगनगाँठो कसे

arjun_sapkota

लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले प्रेमिका दीपा सिंखडासम्म विवाह गरेका हुन्।

बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ ।

सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो। कलाकारिता क्षेत्रभन्दा बाहिरकी युवतीसँग सापकोटाले विवाह गरेका हुन् ।

गायक सापकोटाको ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ