गोरखामा एक महिलाको हत्या भएको छ। पालुङटार नगरपालिका–७ घर भएकी २८ वर्षीया रश्मी कुमालको बुधबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए।
‘ती महिलाका पति विदेशमा रहेको खुलेको छ,’ एसपी पाठकले भने, ‘राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी रश्मीको हत्या गरेका हुन्।’
रश्मी सात वर्षीय एक छोराको साथमा घरमा बस्दै आएकी थिइन्।
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।
दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको थियो ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रश्मीको उपचारको क्रममा बिहीबार बिहान तनहुँको दमौली अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ नगरिएको एसपी पाठकले बताए।
‘हत्याको कारण खुलेको छैन। केही व्यक्ति हाम्रो निगरानीमा छन्,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौँ। चाँडै अपराधि पक्राउ पर्छन्।’
धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस