काठमाडौं- नेपालले घरेलु मैदानमा आगामी १ देखि १४ कात्तिकसम्म हुने साफ च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेको एन्फाले जनाएको हो। नेपालले युरोपियन लिग खेलिरहेकी सावित्रा भण्डारी र रेखा पौडेललाई टोलीमा समेट्दै फाइनल टिमको घोषणा गरेको हो।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्ने छिन्। च्याम्पियन्सिपमा दक्षिण एशियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने तय भएको छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन्।
समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन्। च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुने छ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्ने छ। नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।
यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो ।
त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए।
यस्तो छ नेपाली टोली
गोलरक्षक: एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ डिफेण्डर : गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्मी, विमला चौधरी फरवार्ड : रश्मि कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह