स्याङ्जाको भीरकोट नगरपालिकामा वृहत् योग शिविर सञ्चालन हुने भएको छ । शिविर भीरकोट खेलमैदानमा कार्तिक ९ देखि १३ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा बालबालिका, युवा तथा जेष्ठ नागरिक सबै सहभागी हुन पाउनेछन् ।
भीरकोट नगरपालिका -१ को खेलमैदानमा संचालन हुने योग शिविरका लागि निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा ३९ सदस्यीय बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ ।
शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै संयोजक छायाराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गरेका छन् ।
पतञ्जली योगपिठ नेपालको संयोजन तथा पालिकाको आर्थिक सहयोगमा “योग गरौं, स्वस्थ रहौं” भन्ने मूल नारासहित संचालन हुने उक्त शिविरमा तीनदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको बताउँदै भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजना रहेको जानकारी दिए ।
शिविरमा स्वास्थ्य लाभ लिन सहभागीहरुलाई पतञ्जली योगपिठ नेपालको संयोजक साध्वी देवादितिले प्रशिक्षण दिनेछिन् ।
सम्बन्धित खबर
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
दसैँमा मासु कसरी खाने ?
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा