पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् ।
अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो ।
तीनदशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै अवार्ड प्रदान गरेको थियो ।
नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व र विद्यालयलाई कलेज रिडर्सले वर्षेनी पुरस्कृत गर्दै आएको छ । यसै अवसरमा प्रतिभा माविले काठमाडौं उपत्यका बाहिरको उत्कृष्ट प्लस टुको अवार्ड पनि पाएको छ ।
उत्कृष्ट नतिजा र व्यवस्थापनमा अब्बलताका सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक ब्यक्ति संलग्न निर्णयक टिमको सिफारिसको आधारमा सम्मान गरिएको थियो । ‘यो सम्मान र अवार्डले पोखराको शैक्षिक क्षेत्र अझ उत्कृष्ट बनाउने जिम्मेवारी हामीमा थपिएको छ,’ सापकोटाले भने ।
पोखराको प्रतिभा माविले हरेकवर्ष हात पारेको बोर्ड परीक्षाको उत्कृष्ट रिजल्ट र बोर्ड परीक्षा पछि विभिन्न प्रवेश परीक्षामा हात पारेको उत्कृष्टताको आधारमा अवार्ड पाउन सफल भएको सापकोटाले बताए ।
प्रतिभाले यो वर्ष बिएससी नर्सिङतर्फ नेपालमै पहिलो र इन्जिनियिरङतर्फ नेपाल तेश्रो स्थान हात पारेको थियो । प्रतिभा माविमा पोखरामा सबैभन्दा बढी विद्यार्थीले अध्ययन गर्छन ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो