श्यामशितल परियार, लमजुङ । लमजुङमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको हो ।
पहिरोका कारण हिजो बुधबार मस्र्याङ्दी गाउँपालिका–३, की ६५ वर्षे अतिरुपा थापा, थापाकी १० वर्षिय नातिनी सिराश थापा, मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी ४७ वर्षे विष्णुकुमारी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् डिएसपी यादव ढकालले जानकारी दिए ।
उहाँका अनुसार बिहिबार बिहान अर्खलेबेसीको पहिरोमा बुधबार वेपत्ता हुनुभएकी मस्र्याङ्दी गाउँपालिका–३, की ७२ वर्षे ललितमाया गुरुङको शव भेटिएको छ । गुरुङको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । गुरुङसंगै जिल्लामा पहिरोमै परी मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी काजीमान सुनारका अनुसार मस्र्याङ्दीमा आएको बाढीले २ जनालाई बगाएको छ । उनका अनुसार बेसीसहर नगरपालिका–११, रामचोकबेसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका बर्दियाका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारुलाई बुधबार मस्र्याङ्दीले बगाएको हो ।
उनीहरु अझै भेटिएका छैनन् । बाढिपहिरोकै कारण ९ जना घाईते भएका छन् । मस्र्याङ्दी गाउँपालिकामा बाढिले १ वटा ट्याक्टर, ३ वटा मोटरसाईकल बगाएको छ । पहिरोकै कारण पशुचौपाया मरेका छन् ।
सहायक प्रजिअ सुनारका अनुसार बाढिपहिरोले लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकामा बढि क्षति पुर्याएको छ । घाईतेहरुको उद्धार र उपचारका लागि २ वटा हेलिकप्टर परिचालन गरिएको छ । वेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ । बाढिपहिरोबाट प्रभावित ठाउँमा प्रहरी परिचालन गरिएको छ । अवरुद्ध बेसीशहर–चामे सडकखण्ड खुलाउने प्रयास भईरहेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए