विभिन्न ब्रान्डका हराएका मोबाइल फेला पारी स्याङ्जा प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा विभिन्न मितिमा आफ्ना मोबाइल सेट हराएको भनी सर्वसाधारणहरुले निवेदन दिएसङ्गै खोजतलास गरेको स्याङ्जा प्रहरीले ६ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठले निवेदन अनुसार फोन सम्पर्क गर्दा बाटोमा फेला पारेर ल्याएको भन्दै प्रहरी कार्यालयमा दिएपछि सम्बन्धित धनीलाई मोबाइल बुझाउन सहज भएको बताए ।
मंगलबार हस्तान्तरण गरिएका मोबाइल भिभो, हुवावे, इन्फिनिक्स, रेड्मी, रियलमी लगायत कम्पनीका छन् ।
स्याङ्जाका धन सुबा सार्की, नरेन्द्रराज अर्याल, हर्कमान थापा, लिल बहादुर दर्जी, सन्तोष विश्वकर्मा र कृष्ण प्रसाद तिवारीलाई मोबाइल बुझाइएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले हराएका मोबाइल सेटहरु अनुसन्धान गरेर फेला पारी आफूहरुले पाउँदा मोबाइल धनीहरुले खुशी व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार यो आर्थिक वर्षमा १७ वटा मोबाइल हराएको निवेदन आएको छ । नभेटिएका अन्यको कानुनअनुसार अनुसन्धान गरेर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’