काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जित्दा नेपाल घरेलु मैदानमा पुनः स्तब्ध बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्यो।
खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्याएकी थिइन् ।
तर, खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए ।
यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट चुकेको छ । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।
उपाधि नजिक पुगेर नेपाल उपविजेतामा सिमित हुनुपर्दा खेलाडीले आँसु रोक्न सकेनन्। दशरथ रंगशालामा खचाखच नेपाली दर्शक स्तब्ध बने।
उच्च मनोबलका साथ मैदानमा उत्रिएका नेपाली खेलाडी र खेलाडीलाई साथ दिन रंगशाला पुगेका दर्शकलाई उपाधि घरभित्रै राख्न नपाउँदा चुकचुकी लागेको छ।
खेल सकिएपछि नेपाली खेलाडीहरूले मैदानमै आँसु झारेको दृश्यले माहोल भावुक बनायो।
खेलको अन्तिम मिनेटसम्म समेत नेपाली खेलाडीको हौसला बढाउँदै हुटिङ गरिरहेका दर्शक स्तब्ध बन्दै मैदान बाहिर निस्किएका देखिन्थे भने मैदान बाहिरैबाट लाइभ हेरिरहेका लाखौं नेपालीको मन कुँडिएको रंगशालाको दृश्यले देखाउँथ्यो।
भुटानले पायो साफ च्याम्पियनसिपमा फेयर प्ले अवार्ड
भुटानले फेयर प्ले अवार्ड प्राप्त गरेको छ। बुधबार दशरथ रंगशालामा प्रतियोगिताको समापन समारोहमा भुटानलाई यो अवार्ड प्रदान गरिएको हो।
भुटान सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो। बंगलादेशले भुटानमाथि ७–१ को फराकिलो जित हात पारेको थियो। अघिल्लो संस्करणमा भुटान बंगलादेशसँग ८–० को फराकिलो अन्तरले समिफाइनलमै पराजित भएको थियो।
यसपालि भुटानले निकै सुधारिएको छवि बनाएर नेपालबाट फर्किएको छ।
समूह चरणको खेलमा भुटानले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको थियो। भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरसहित पराजय चखाएको थियो।
बेस्ट गोलकिपरको उपाधि बंगलादेशकी रूपना चक्माले प्राप्त गरेकी छन्। यस्तै सबैभन्दा मूल्यवान् खेलाडी पनि चक्मा नै घोषित भएकी छन्।
सबैभन्दा बढी गोल गर्ने खेलाडी भुटानकी डेकी लाजोङ घोषित भएकी छन्। उनले यस प्रतियोगितामा ८ गोल गरेकी छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला