पोखरा । तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७औँ भाइटीका महोत्सवमा १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् ।
पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टीका लगाइएको थियो ।
नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका विद्यार्थीले टीका लगाइदिएका थिए ।
सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई विद्यार्थीले ढाका टोपी लगाइदिए र सेलरोटीलगायतका परिकार पस्किए । सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए ।
पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए । आफ्नो नेपाली नाम लीला राखेकी एक चिनिया पर्यटकले भाइटीका लगाउन पाउँदा आफू प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।
महोत्सवमा इजरायल, रसिया, चीन, पोल्याण्ड, अमेरिका, बेलायत, जर्मनी, स्पेन, भारत र जापान लगायतका देशका पर्यटकले सहभागिता जनाएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।
संस्कृति बचाऔं, पर्यटन प्रवर्द्धन गरौँ भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गरिएको हो ।
संघका अध्यक्ष सुवेदीले दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ त्यही तरिकाले पर्यटकलाई टीका लगाइदिने गरिएको बताए ।
उनले पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवको प्रवर्द्धन गरेका थिए ।
सम्बन्धित खबर
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?