पोखरा । सडकमा भेटिएको सामान फेला पार्ने मानिसले सितिमिति अरुलाई दिन खोज्दैनन् । आँखैले देखेपनि यो मेरै हो भन्न समेत भ्याउँछन् । झन् पैसाको त के कुरा, पैसो पाएपछि मानिसले थुकले टिप्ने गर्छन् । यसो देख्दा र वुझ्दा लाग्छ यो जमाना उल्टै लुटेर हिड्ने जमाना हो । तर सवै यस्तो हुँदा रहेनछन् भन्ने कुरा पोखराकी एक शिक्षिकाले उदाहरण प्रस्तुत गरेकी छन् ।
पोखराको नयाँवजार स्थित नवप्रभात माविकी शिक्षिका पार्वता वाग्लले निष्ठा र इमानीको उदाहरण प्रस्तुत गरेकी हुन् । पार्वताले पोखराको सडकमा फेला पारेको रकम सुरक्षीत राखेकी छन् । पोखरा ११ फूलवारी निवासी पार्वता वाग्ले मंगलवार महेन्द्रपुल तिर आउँदै थिइन् । अगाडि स्कूटर हिँडिरहेको थियो । एक्कासी स्कूटरवाट हजार र पाँच सयका नोटहरु सडकमा बर्सिए ।
यसरी सडकमा झरेका नोटमा धेरैले आँखा लगाए । तर पार्वताले सरासर ती पैसा टिपेर आफ्नो साथमा राखेको वताईन् । पोखराको रानीपौवा स्थित अशोक व्रर्दश अगाडि मंगलवार ४५ हजार ५ सय ५० रुपैयाँ सडकमा उनले फेला पारेकी हुन् । रानीपौवावाट महेन्द्रपुल तर्फ आउँदै गरेको स्कूटरबाट हजार र ५ सयका नोट सडकमा खसेको देखेपछि उनले त्यो रकम सडकवाट टिपेर आफू सामु राखेकी हुन् ।
उनी सँगै रहेकी निर्मला गुरुङले पनि सडकमा खसेको पैसा वटुलेर उनलाई सहयोग गरेको उनले जानकारी दिएकी छन् । चाडवाडको वेला स्कूटरवाट पैसा खसेको देखियो स्कूटरको नम्वर टिप्न पनि भ्याइन उनले भनिन् । ‘मान्छेलाई पैसा हरायो भन्ने चिन्ता होला, आएदेखि यो पैसा दिने थिएँ’ पार्वताले भनिन् ।
– पत्रकार कमल पौडेल ‘अथक’ बाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए