पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे )ले तारन्तार फोन आएर आजित परेपछि मोबाइल बन्द गरेर बसेको बताएका छन् ।
सर्वोच्च अदालतबाट ज्यान उद्योग मुद्दामा दोषी ठहर भएका मनाङेले आझ विज्ञप्ति निकालेर फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् ।
उनले भनेका छन्ः विगत केहि दिनयता विभिन्न अखवार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टिकाटिप्पणी प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। सम्मानित सर्वोच्च अदालतमा विचाराधिन मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायी मार्फत थाहा पाएको हुँ। सो पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सानं पठाए तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो ।
फैसला आउँदाको दिनदेखि केहि गुणस्तरहीन् सञ्चार माध्ययमहरुबाट तारन्तार आइरहेका कलहरूले गर्दा केहि समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु। यहि विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छ। यसमा मेरो आपत्ति छ ।
सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।
न्यायाधीशहरु नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई मंगलबार सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह