गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्मला हत्याकाण्डमा एक व्यक्तिलाई बचाउन राज्य नै लागेको आरोप लगाएका छन् ।
शुक्रबार पोखराको एक कार्यक्रममा बोल्दै उनले आफ्नो मान्छेलाई अपराधी नै भएपनि काखी च्याप्ने प्रवृत्तिले काम गरेको आरोप लगाए । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले आयोजना गरेको कार्यक्रममा उनले प्रश्न गरे, ‘राज्य एउटा व्यक्तिलाई, आफ्नो मान्छेलाई बचाउन लाग्छ । यस्तो सिस्टम भयो मुलुकमा । सिस्टमले शासन गर्छ कि व्यक्तिले शासन गर्छ ?’
सिंगापुर सफलताको कथा सुनाउन आएका त्यहाँका प्रोफेसर डा.ग्यारी लिटसँगको संवाद कार्यक्रममा मुख्यमन्त्री गुरुङले उक्त अभिव्यक्ति दिएका हुन् । उनले सिंगापुरका पूर्व प्रधानमन्त्री लि क्वान युले लामो समय आफैंलाई साथ दिएका गृहमन्त्री भ्रष्टाचार प्रकरणमा मुछिएपछि निकालिदिएको प्रसंग निकाले ।
‘हामी त एउटै कुलको भनेपछि एउटै पार्टीको भनेपछि, झन् आफ्नै दाजुभाइ भनेपछि त हुरुक्कै हुन्छौं । अपराधी भएपनि बचाइरहन्छौं,’ उनले भने, ‘उ त्यो निर्मला हत्याबारेमा त्यहीं भएको होइन ? कसलाई बचाउनु पर्याछ त्यहीं भएर घुमिफिरी रुम्जाटार जस्तो भइरहको छ ।’
उनले स-साना कुरामा प्रतिवाद गर्ने, व्यक्ति केन्द्रित हुने र झगडा मिलाउनभन्दा बढाउनतर्फ लाग्ने संस्कारले नेपाल विकसित नभएको बताए । ‘एउटा नेतृत्व माथि आयो भने खुट्टा तान्न थालिहालिन्छ । हाम्रो संस्कार त्यो हो,’ उनले भने, ‘यहाँ पनि लि क्वान जन्मिन्थे होलान् तर लि क्वान बनेर काम गर्ने परिस्थिति नै छैन ।’
कार्यक्रममा प्रोफेसर डा.ग्यारी लिटले लि क्वानजस्तो भिजन भएका नेतृत्वकर्ता पाएर नै सिंगापुरले छोटो समयमै विकासमा फड्को मारेको अनुभव सुनाए । उनले कन्फ्युसियन संस्कार, बलियो मौद्रिक नीति, स्थिर मुद्रा, शुन्य भ्रष्टाचार, गुणस्तरीय शिक्षा, सार्वजनिक आवास कार्यक्रम, व्यवस्थित सार्वजनिक यातायात लगायतले सिंगापुरको वैभव सम्भव भएको उल्लेख गरे ।
- पत्रकार दीपक परियारले कान्तिपुर अनलाइनका लागि लेखेको न्युज साभार ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ