साधारण बजेटमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले यतिबेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । नेपाली इतिहासमै सर्वाधिक शो पाएको रेकर्ड कायम गरेको छ ।
चलचित्रले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । यसैबीच चलचित्रका एक कलाकार प्रकाश सपुत भने दर्शकको आलोचनाको केन्द्रमा रहेका छन् ।
सुरूमा सपुत चलचित्रको प्रचारमा सहभागी भएनन् । चलचित्र रिलिज हुनुअघि निर्माण पक्ष र सपुतबिचको विवाद छताछुल्ल भएको थियो ।
चलचित्र हिट भएपछि दुई दिनअघि भने सपुतले चलचित्रको अंश हुन पाएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । जसमा धेरैले उनको आलोचना गरेका छन् ।
आलोचनापछि सपुतले माफी माग्दै नयाँ पोस्ट गरेका छन् । उनले यस विषयमा प्रस्ट पार्दै सम्झौता अनुसार नभएपछि केही समय आफ्नो अडान लिएको स्वीकार गरेका छन् । ‘तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ,’ उनले लेखेका छन्, ‘१२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ ।’
यस्तो छ उनको भनाई
नमस्कार सबैमा
ए, म त हेर्नै भ्याएको थिएन । धेरैले गाली र गुनासो गर्नु भएको पो रहेछ । पहिला सहयोग गरेन भनेर । म त काम गर्ने मान्छे हु । चलचित्र रिलिज हुँदाको दिनमा पनि काम मै थिए है । मैले आफ्नो धर्म छोडेको छैन ।
एउटा स्वाभिमान सबैमा हुन पर्छ । त्यो म मा पनि छ । तपाईँहरूमा पनि होला । सम्झौता अनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ ।
मैले त्यही सोचे र रिलिजको लागि मनै देखि लागी परे । त्यो कुरा यस चलचित्रका निर्माता, निर्देशक र सबै टिमलाई थाहा छ । कुनै दिन मौका मिलेछ भने तपाईँहरूलाई पनि सेयर गरौला । अहिलेलाई चलचित्रको सफलता नै सेयर गरौँ है । तपाईँहरूलाई फिल्म हेरे पछि खतरा लाग्यो, मेरो प्रोफाइल चेक गर्नु त मलाई त त्यति खेरै खतरा लागेर सुटिङ सकेकै दिन सेयर गरेको थिए, “पूर्ण बहादुरको सारङ्गी जस्तो कथा बनिरहुन्, मौलिक सारङ्गीको धुन गुन्जिरहुन् र त्यसमा म जोडिन पाइराखौँ ।”
ठिक छ, १२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ । हेर्नु त परदेशी २ बाट पोहोर त हो नि फिल्म मा आको , यो वर्ष नै ब्लकबस्टर फिल्म खेल्न पाए । उम्दा अभिनेता विजय बराल, मुकुन भुसाल जस्ता कलाकारसँग स्क्रिन सेयर गर्न पाए । आफ्नै निर्देशनमा “वसन्त” बनाउने आट गरेको छु । अर्को चलचित्र आदरणीय हरिवंश आचार्यसँग गर्दै छु । कस्तो लक्की हैन त। हुन त लाइफमा दुः ख पनि गरेको छु है फेरि १ जे होस म सधैँ ऋणि छु तपाईँहरू प्रति ।
जानी नजानी मन दुखाएको मा माफी चाहन्छु । कमजोरीहरू सुधार्दै जाउला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तता भन्दा पनि एउटा राम्रो विचार र व्यवहार सहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है । ।
म कला मार्फत थुप्रै कुरा भन्न सक्छु , समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईँहरूलाई निरन्तर मनोरञ्जन गर्न सक्छु १ यति आत्मविश्वास छ । मलाई थप निरुत्साहित नगर्नुस् है । मलाई अलि पर सम्म पुग्नु छ, केही समय नरोक्नुस् है ! प्लिज
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु